पूर्वपश्चिम राजमार्गका ४ लेनको बनाइने, ३० अर्ब ५० करोड बजेट



काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्गका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हावेको स्तरमा स्तरोन्नति गर्ने घोषणा गरे ।

कञ्चनपुर–कमला, कमला–ढल्केवर–पथलैया र नारायणगढ–बुटवल खण्डको विस्तार, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ खण्डको निर्माण कार्यका लागि ३० अर्ब ५० करोड विनियोजन गरेको जानकारी अर्थमन्त्री शर्माले लिए ।


क्लिकमान्डु