दाउन्ने र मजिमटारमा सुरुङमार्ग बनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले सडक यात्रालाई व्यवस्थित बनाउन विभिन्न स्थानमा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।
सरकारले आर्थिक वर्षमा सिद्धबाबा सुरुङमार्ग निर्माण शुरु गर्ने भएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी छन् ।
भण्डारीले त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग फ्लाइओभार तथा अन्डरपाससहितको आधुनिक सडक सञ्चालन बताइन् । त्यसैगरी, सिस्नेखोलादेखि नागढुङ्गासम्मको मुख्य सुरुङको निर्माण कार्य सम्पन्न गरिनेछ ।
साथै, पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको दाउन्नेमा र पृथ्वीराजमार्गको मजिमटारदेखि चितवनको शक्तिखोरसम्म शुरुङ निर्माणको पूर्व तयारी गर्ने उनले जानकारी दिइन् ।