तीन वटै तहका अधिकार सम्बन्धी प्रतिवेदन पुनरावलोकन गरिने



काठमाडौं । सरकारले संघ प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धी कार्यबिस्तृत प्रतिवेदन पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अनुसूचीमा उल्लेख भएको तीन वटै तहको अधिकार सम्बन्धी कार्यबिस्तृत प्रतिवेदन पुनरावलोकन गर्ने बताइन् ।

सरकारले संघीयता बलियो बनाउने गरी तीन वटै तहका सरकारबीच स्रोतको बाँडफाँट गरिने समेत बताइन् ।


क्लिकमान्डु