रेमिट्यान्स औपचारिक माध्यमबाट ल्याउने प्रोत्साहन गरिने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी आर्थिक वर्षमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउनका लागि प्रोत्साह गरिने बताएकी छन् ।

मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै भण्डारीले सरकारले नेपालीहरुले विदेशबाट पठाउने पैसालाई औपचारिकमाध्यमबाट ल्याउन प्रोत्साहन गरिने बताइन् ।

पछिल्लो समय अनौपचारिक माध्यमबाट रेमिट्यान्स आएको भन्दै सरोकारवालाहरुले औपचारिक माध्यमबाट ल्याउनका लागि प्रोत्साहन दिनुपर्ने माग गर्दै आएका छन् । उनीहरुले रेमिट्यान्स पठाउनेलाई आइपीओमा आरक्षण तथा राहदानी नवीकरणमा छुट दिनुपर्ने लगायतका सुझावहरु सरोकारवालाहरुले दिइसकेका छन् ।


क्लिकमान्डु