नेपालले जुन देशमा दूतावास खोल्छ त्यो देशले पनि नेपालमा खोल्नुपर्छः सरेन्द्र पाण्डे



काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्र पौडेलले नेपाल जस्तो गरिब देशमा यति धेरै विदा दिनु गलत भएको बताएका छन् ।

सरकारले शनिबार र आइतबार दुई दिन विदा दिने गरी गरेको निर्णयको विरोध गर्दै पाण्डेले सार्वजनिक विदा धेरै हुँदा निजी क्षेत्रलाई असर परेको बताए ।

उनले सरकारलाई विदा हटाउन आग्रह गर्दै अन्य खालका विदा हटाउनु पर्ने बताए ।

उनले विभिन्न देशमा नेपाली दूताबासको संख्या बढि भएको भन्दै दूतावासको संख्या समेत घटाउनु पर्ने माग गरे ।

मंगलबार अर्थसमितिमा बोल्दै उनले अन्य देशहरुले लागत बढि भएको भन्दै नेपालले बढाउन थालेको बताए ।

‘अहिले लागत बढी भएको अवस्थामा नेपालले दूतावास बढाउने काम गरिरहेको छ, एडीबीले समेत लागत बढी भएको भन्दै कार्यालय घटाइरहेको छ,’ उनले भने ।

उनले नेपालले जुन देशमा दूतावास खोल्छ त्यो देशले पनि नेपालमा दूतावास खोल्नुपर्ने बताए ।

उनले सरकारले सडक निर्माण गर्दा पिच गर्नुको साटो सिमेन्ट प्रयोग गरी ढलान गर्नुपर्ने बताए ।

‘विशेष आर्थिक क्षेत्रमा सरकारको सोच अब भाडा उठाउने, ब्याज र तलब मात्रै खानेमा भयो, यो सोचबाट बाहिर आउनुपर्छ,’ उनले भने ।

उनले सेजमा कतिपय व्यवसायीहरु भाडा बढी भएकाले जान नमानेको बताए ।


क्लिकमान्डु