रासायनिक मलको कारखानाको सम्भाव्यता अध्ययनका लागि प्राधिकरण र ग्लोबल ग्रीन ग्रोथबीच सम्झौता



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटबीच जलविद्युतबाट रासायनिक मल बनाउने सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि सम्झौता भएको छ ।

कोरियाली सरकारी संस्था ग्लोबल ग्रीन ग्रोथ इन्टिट्युटले प्राधिकरणसँगको सहकार्यमा नेपालमा हरित उर्जा प्रयोग गर्दाै एमोनिया र युरियालगायतका रासायनीक मल उत्पादन हुन सक्ने विषयमा सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

सम्झौतामा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाकं रिजबम्र्यानले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु