५ वर्षमा आइटी क्षेत्रमा १५ अर्ब विदेशी लगानीको प्रतिबद्धता



काठमाडौं । पछिल्लो समय दुत्रतर गतिमा विकास भइरहेको क्षेत्रमध्येको एक हो सूचना प्रविधि अर्थात् आइटी ।

नेपालमा पनि आइटी क्षेत्रमा स्वदेशी र विदेशी दुबै लगानी बढेको छ । साथै, आइटीमा काम गर्ने जनशक्तिको संख्या पनि बढ्दै छ । विशेष गरी सफ्टवेयर क्षेत्रमा काम गर्ने जनशक्ति र कम्पनीहरुको संख्या पनि बढ्दै गएको छ ।

उद्योग विभागका अनुसार पछिल्लो ५ वर्षमा आइटी क्षेत्रमा मात्रै १५ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

विभागका अनुसार २०७४ साल वैशाखदेखि २०७९ वैशाख महिनासम्म ११४ वटा कम्पनीमार्फत् १५ अर्ब २ करोड ४ लाख ७७ हजार १५८ रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

ती कम्पनीहरुबाट ६ हजार ७५ जनाका लागि रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

आइटी क्षेत्रमा लगानीको प्रतिबद्धता यस अवधिमा सबैभन्दा बढी चीनबाट आएको छ । चीनबाट ५७ वटा कम्पनीका लागि ७ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु