गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सफल अपग्रेसन



काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सफल अपग्रेसन भएको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको । क्यानले बिहीबार यसको परीक्षण गर्ने तयारी गरिरहेको बेला यसको निर्माण सफल भएको जानकारी दिएको हो ।

सञ्चालनमा रहेको विमानस्थललाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाइएको यो । यो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चाँपलाई कम गर्ने विश्वास लिइएको छ ।

यो विमानस्थल सञ्चालनमा आएसँगै यसले नेपालमा आर्थिक वृद्धि र पर्यटन विकासमा ठूलो टेवा पुग्ने पूर्णविश्वास भएको क्यानका डिजी प्रदीप अधिकारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १६ मे देखि २४ घण्टा सञ्चालन हुने क्यानले जनाएको छ । यही दिनदेखि यस विमानस्थलमा अन्तर्राष्ट्रय उडान पनि सञ्चालनमा आउने छन् ।


क्लिकमान्डु