सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकाको बिहीबार २० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु