निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री निवासमा आन्दोलन गर्ने



काठमाडौं । निर्माण व्यवसायीहरूले भोलिबाट प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने भएको छ ।

पछिल्लो समय अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन खरिद नियावलीमा भएको त्रुटीलाई सच्याउनका लागि गत ८ गतेबाट सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलामा आन्दोलन गर्दै आएका थिए ।

तर, सरकारले कुनै माग सम्बोधन नगरेपछि भोलिबाट प्रधानमन्त्री बालुवाटार निवासमा गएर आन्दोलन गर्ने भएको हो । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारबाट बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना गर्ने भएको महासंघका महासचिव रोशन दाहालले बताए ।


क्लिकमान्डु