अर्थतन्त्र निकै समस्यामा छ, ढाकछोप नगरौंः पूर्वगभर्नर डा. रावल



काठमाडौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले अर्थमन्त्रमा निकै समस्या रहेको भन्दै ढाकछोप गर्न नहुने बताएका छन् ।

राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै पूर्वगभर्नर रावलले डा. युवराज खतिवडाको समयमा पनि राम्रो नभएको र अहिले अझै खराब अवस्थामा भएको बताए ।

उनले बजेटभन्दा बढी व्यापार घाटा रहेको बताए ।

कोरोनाका कारण अन्य देशलाई जस्तै नेपाललाई धेरै असर नपरेको उनले बताए ।

उनले तीन वर्षमा १ प्रतिशतमात्रै आर्थिक वृद्धि भएको भन्दै जिम्मा सबैले लिनुपर्ने बताए ।

गत आर्थिक वर्षको बजेटमा केही प्याकेज ल्याउन नसकेको भए पनि गभर्नर अधिकारीले राम्रो, लचिलो मौद्रिक नीति ल्याएको बताए ।

शिथिल भएको अर्थतन्त्रलाई मौद्रिक नीतिले राहत दिएको उनको भनाइ थियो ।

उनले विश्व बैकले पनि ४ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि नहुने भनिसकेको भन्दै अहिले पनि भुक्तानी सन्तुलन पनि उस्तै खराब, चालु खाता पनि उस्तै रहेको बताए ।

उनले अहिले सरकारले गभर्नर निलम्बन गर्ने काम गर्दा आफूले २० वर्षअघिको घटना सम्झिएको बताए ।

उनले आफूलाई पनि सरकारले यसैगरी हस्तक्षेप गरेको बताए ।


क्लिकमान्डु