८ महिनामा २१ हजार ९ सय कम्पनी दर्ता, ५.६ प्रतिशतले वृद्धि



काठमाडौं । कोरोना संक्रमण र लगानीयोग्य रकमको अभावले मुलुक अप्ठारोमा परिरहेको बेलामा कम्पनी दर्ता भने वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा २१ हजार ८ सय ९९ वटा कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले धेरै हो ।

गत वर्षको पहिलो आठ महिनामा २० हजार ७ सय २८ वटा कम्पनी दर्ता भएका थिए ।

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा दर्ता भएका कम्पनीको संख्या चार वर्षयताकै सबैभन्दा धेरै हुन् । आर्थिक वर्ष २०७५/७६ को पहिलो आठ महिनामा १७ हजार ५ सय ४५ कम्पनी दर्ता भएका थिए ।

त्यस्तै, अर्को वर्ष २०७६/७७ मा १६ हजार ९ सय ३० कम्पनी दर्ता भएका थिए ।


क्लिकमान्डु