एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप यूट्युब डेटा प्याकको भोल्युम



काठमाडौं । एनसेलले सुलभ दरमा डेटा उपलब्ध गराउने भएका छ । यसका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।

यस अन्तर्गत ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय हुनेछ । जसमा ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा पाउनेछन् ।

त्यस्तै ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा सात दिनका लागि ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउने कम्पनीको भनाइ छ ।

यसअघि ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोल्युम बढेर ४ जीबी बनाइएको हो । यी प्याकहरु मंगलबारदेखि नै लागू हुनेछन् ।

ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक लिन सक्नेछन् । त्यस्तै ग्राहकले ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु लिएको दिनबाट ७ दिनका लागि मान्य हुनेछ ।


क्लिकमान्डु