एक-दुई वटा बैंकले बैंकिङ क्षेत्रकै बदनाम गरे, यस्तै हो भने बैंक जोगाउन गाह्रो छ
बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले हालै तरलता अभावका कारणहरू र समाधानका लागि सुझावहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन तयार गर्दा आफैंमाथि औंला ठड्याएको छ । रिपोर्ट हेर्दा एक–दुई वटा बैंकले गर्दाखेरी समग्र बैंकिङ क्षेत्र नै बदनाम भइरहेको स्थिति छ । यसलाई स्वअनुशासन ल्याउनुपर्ने हुन्छ । साथै, हामी पनि अनुशासनमा बस्नुपर्छ ।
जबसम्म हामी अनुशासनमा बस्दैनौं । तबसम्म बैंकिङ क्षेत्र अनुशासन हुँदैन । राष्ट्र बैंकले धेरै काम गर्न बाँकी छ । एक–दुई वटा बैंकले यदि कुनै गलत काम गर्छ भने उनीहरूलाई राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । त्यसैले, सीबीफीनले प्रतिवेदनमा गलत कार्य गर्ने बैंकलाई कारबाही गर्नुपर्न भन्न खाजेको छ ।
अहिले बैंक आक्रमक हुनुको विकल्प छैन । अर्थात् ऋण नबढाएसम्म उपाय नै भएन । १० प्रतिशतदेखि १५ प्रतिशतसम्म पनि लाभांस दिन सकेन भने उक्त शेयरमा कसले लगानी गर्छ ? औसतमा हेर्ने हो भने रिटर्न चाहीँ जुन बैंकको शेयर मूल्य छ । सो अनुसार हेर्दा ३ प्रतिशत पनि छैन । नेपालमा अन्य व्यवसाय हेर्दा कुनै पनि ट्रेडिङ बिजनेशको ट्रेडिङको ब्यालेन्ससिट हेर्दा कहाँ र कति छ ? उक्त क्षेत्रको रिटर्न कति छ ? त्यसमा पनि अध्ययन गर्नुपर्ने देखिन्छ ।
बैंकको मात्रै ब्यालेन्सिट हेर्ने गरिन्छ किनभने बैंक निकै पारदर्शी छ । बैंकहरूको त्रैमासिकरुपमा रिपोर्ट निकाल्ने गर्दर्छौं । तर, अन्य क्षेत्रको त्रैमासिक ब्यालेससिट नआउने हुँदा उक्त क्षेत्रमा पनि ध्यान दिनुपर्छ । जसमा अन्य क्षेत्रको पनि त्रैमासिकरुपमा रिपोर्ट हेर्यो भने बैंकहरूले यति नाफा कमायो उति नाफा कमायो भन्ने कुराहरू बजारमा हल्ला आउँदैन । यसको साथसाथै हामी अनुशासनमा बस्नुपर्छ भन्ने बिर्सनु हुँदैन ।
अबको स्थितिमा बैंक जोगिनुपर्यो । अहिले जुन स्थिति आइरहेको छ, त्यही हिसाबले चल्दै गयो भने हरेक वर्ष/त्रैमासिकमा नाफा घटेको छ ।
निरक्षेपमा बढेको होला तर, नाफा हेर्ने हो भने घटेको छ । बैंकहरूले दुई–तीन वटा काम गर्न निकै जरुरी छ । त्यसमा बैंकहरूले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषिमा लगानी गर्नुपर्ने र अन्य क्षेत्रमा लगानी बढाउनैपर्छ । उक्त क्षेत्रमा लगानी बढाउनका लागि सबैसँग हातेमालो गर्नुपर्छ । सबैभन्दा पहिलो नेपालका नियामक निकाय राष्ट्र बैंक, अर्थ मन्त्रालय र निजी क्षेत्र सबै क्षेत्रसँग मिलेर उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्छ ।
उत्पादनशिल र अनुत्पादनशिल क्षेत्रको ब्याजदरमा भएको भिन्नतलाई अध्ययन गर्नुपर्छ । यस क्षेत्रमा भएको भिन्नतालाई हामीले गर्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हो । तर, यसका लागि राष्ट्र बैंकले पहल गरिदिनुपर्छ । अहिले राष्ट्र बैंकले १८ वटा वस्तुको आयातमा १०० प्रतिशत मार्जिन र २ वटा वस्तुमा ५० प्रतिशत मार्जिन राखेको स्वागतयोग्य छ । उक्त लिस्टलाई बढाउनुपर्छ ।
त्यसमा पूँजी पर्याप्ततासँग जोडेर हुन्छ कि अथवा अन्य केहीसँग जोडेर हुन्छ । राष्ट्र बैंकले आयातमुखीबाट निस्कनका लागि ऋण महंगो बनाउने वा बैंकलाई छुट दिनुपर्छ । उत्पादिनशिल उद्योग भनिएको ४० प्रतिशत क्षेत्रका उद्योगलाई कममा ऋण प्रदान गर्ने र साना कर्जाहरूलाई कममा ऋण दिनुपर्ने हामीले बुझेका छौं ।
तर, अहिलेको स्थितिमा सबैभन्दा आवश्यक वित्तीय साक्षरता कुरा आएको छ । त्यसमा वित्तीय पहुँच पनि त्यतिकै महत्वपूर्ण छ । साना कर्जाहरू बैंकसम्म पुगेर अहिले २ प्रतिशत ब्याजको भिन्नता पैसा पाउनुपर्छ भनिएको छ । त्यो एक पक्षले राम्रो हो । तर, बैंकको लागत त्यो भन्दा बढी लाग्छ भने सरकार वा राष्ट्र बैंक अगाडि आउनुपर्यो । सबैभार बैंकलाई बोकाएर एक करोडभन्दा कम कर्जा २ प्रतिशतमात्रै बेसरेट बढाइदिँदा खेरी कर्जाको विकास हुनै सक्दैन ।
अहिले जति आवश्यक छ त्यतिमात्रै भइरहेको छ । त्यसैले उक्त क्षेत्रमा पनि कर्जाको विकास होस् । आक्रमकरुपले बैंकहरू अगाडि जानुपर्छ भन्नेको आशय उत्पादनमुलक क्षेत्रमा लागेको बैंकहरूले लगानी बढाउनुपर्छ । तर, अन्य अनुत्पादन क्षेत्रमा बढी कर्जा बढाएका छन् भने उक्त बैंकहरूलाई स्लो जानका लागि केही न केही गर्नुपर्ने अवस्था देखिन्छ । बैंकिङ क्षेत्र भनेको पैसा कमाउनका लागि मात्रै नभएर पूँजीलाई जोगाउँदै शेयर होल्डरलाई दिनुपर्ने स्थिति छ । त्यसमा हाम्रो दायित्व पनि हो ।
देशलाई अगाडि लैजाने, देश सुहाउँदो नीति बनाउनेमा हामीले सहयोग गर्ने, नीति ल्याउन पहल गर्ने भन्ने धारण सँधै रहनेछ । सोहीअनुसार प्रतिवेदनमा धेरै सुझाव दिएका छन् । गाउँमा भएका महिलाहरूलाई सशक्तिकरण पनि हुन्छ भनेर कुनै स्रोत नसोधीकन १५ लाख रुपैयाँको यदि १ प्रतिशत फिक्स्ड डिपोजिट बढी दिने नीति ल्यायो भने ओछ्यानमुनीको पैसा पनि निस्केर आउँछ ।
गाउँको सशक्तिकरण हुनेछ । उक्त खालको नीति ल्याएमा महिलाको नाममा पूँजी निर्माण हुन्छ । अहिले ठूलो समस्या भनेको रेमिट्यान्स घटेको छ भने आयात डरलाग्दो तरिकाले बढेको छ । यसलाई हामीले सन्तुलन गर्न सकेनौं भने कहँ न कहीँ आवश्यक वस्तु आयात गर्न पनि पैसा नहुनसक्छ । साथै, खानाको लागि पनि पैसा नहुन सक्छ । त्यसैले, सबै क्षेत्रले समयमै ब्यालेन्स पेमेन्ट गर्न नसकेको अवस्थामा आगामी दिनमा समस्या आउन सक्छ ।
(सीबीफीनको प्रतिवेदन सार्वजनिक कार्यक्रममा अध्यक्ष गोल्यानले व्यक्त गरेको बिचार)