भारतमा वेडिङ इन्स्योरेन्सः विवाह रद्द भए पाइन्छ भुक्तानी



विवाहमा ठूलो रकम खर्च हुन्छ । विवाहका लागि आववश्यक कपडा गरगहना, मण्डप सजावटका लागि मात्रै नभएर विवाह समारोहमा उपस्थित जनाएका व्यक्तिहरुको खानपानमा ठूलो खर्च गर्ने चलन छ ।

विवाहका नाममा धेरै रकम खर्च गरिन्छ । खर्चका साथै विवाह जस्ता कार्यक्रममा जोखिम समेत उत्पन्न हुन्छ ।

विवाहमा जनधनको क्षति पनि हुन्छ । विवाह कार्यक्रमका लागि गरनिे खर्च र सो कार्यक्रममा उत्पन्न हुन सक्ने विभिन्न खाले जोखिमबाट थप आर्थिक भार पर्न जान्छ । यस्तो अवस्थामा ‘वेडिङ इन्स्योरेन्स’ले मद्दत गर्दछ ।

यस्तो बीमा योजनाले विभिन्न खालका जोखिमको रक्षावरण गरी आर्थिक सुरक्षण प्रदान गर्दछ ।

‘वेडिङ इन्स्योरेन्स’ को प्रिमियम कति हुन्छ ?
बीमा कम्पनीहरुले ‘विडिङ इन्स्योरेन्स’ को बीमाशुल्क बीमाङ्कको आधारमा निर्धारण गरेका हुन्छन् । ‘विडिङ इन्स्योरेन्स’ खरिद गर्नेले कुल बीमाङ्कको ०.७ प्रतिशतदेखि २ प्रतिशतसम्म बीमाशुल्क तिर्नुपर्छ । जस्तै, १० लाख रुपैयाँ बीमाङ्कको ‘वेडिङ इन्स्योरेन्स’ पोलिसी खरिद गर्दा साढे सात हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने हुन्छ ।

‘वेडिङ इन्स्योरेन्स’ले कस्तो कस्तो जोखिमको सुरक्षण गर्छ ?
यसप्रकारको बीमा योजनाले चार प्रकारका जोखिमको सुरक्षण गर्दछ । यस बीमा योजनाले दुर्घटनादेखि लिएर विवाह समारोहमा हुने चोरी, आगलागी तथा विवाह रद्द हुँदाको बखत पनि सुरक्षा दिन्छ ।

यस बीमा योजनाले दुर्घटना अथवा चोटका कारणले विवाह आयोजनाको समयमा तेस्रो पक्षमा नोक्सान भएको अवस्थामा समेत कभर गर्छ ।

अचानक विवाह रोकियो भने सो समयमा हुन सक्ने नोक्सानको पनि कभर गर्छ । व्यक्तिगत दुर्घटना अन्र्तगत दुलाह दुलहीको साथै तस्रो पक्षमा भएको क्षतिको समेत कभर गर्छ ।

विवाहमा दुलाह र दुलही दुर्घटनाका कारण अस्पतालमा भर्ना हुनु परेमा त्यहाँ बस्दाको खर्च रकम ‘वेडिङ इन्स्योरेन्स’ले बेहोर्ने गर्छ ।

विवाहका बेलामा सम्पत्तिमा हुन सक्ने आगलागी तथा चोरी हुँदाको बखत उत्पन्न क्षतिको जोखिम यस बीमालेखले कभर गर्छ । विवाह रद्द हुनेदेखि लिएर आगलागी अथवा चोरीबाट हुने क्षतिको जोखिम बहन हुन्छ । विवाह रद्द भएको अवस्थामा पनि त्यसमा खर्च भएको रकम ‘वेडिङ इन्स्योरेन्स’ कभर गर्छ ।

यस बीमा योजनाले क्याटरिङ, बैंक्वेट, ट्राभल एजेन्सी, होटलको कोठा बुकिङ, संगीत वा सजावटको काम, विवाहका लागि छपाइएको कार्डको लागत पनि कभर गर्छ ।

तर, सो रकम पाउनका लागि भने जोखिम हुने लगत्तै बीमा कम्पनीलाई तत्काल खबर गर्नुपर्छ । विवाह मण्डपमा उत्पन्न भएको जोखिमको रक्षावरण गर्नका लागि बीमा कम्पनीमा तत्तकाल जानकारी दिनुपर्छ ।


क्लिकमान्डु