सेयर बजारमा मौद्रिक नीतिको असरः लगानीकर्ता निरास



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा गर्दा लगानीकर्ताले निकै प्रतिक्षा गरेको ४÷१२ करोडको नीति संशोधन नहुँदा सेयर बजारमा भारी गिरावट देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

लगानीकर्ता त्यसको विरोध गर्र्दै संशोधन गर्न आग्रह गरेका थिए । लगानीकर्ताले यो व्यवस्था संंशोधन गर्न गभर्नरका साथै अर्थमन्त्री जनार्दन शर्मालाई समेत आग्रह गरेका थिए । पहिलो समीक्षामा यसलाई संशोधन नगर्दा लगानीकर्ता निरास बनेका छन् । जसले बजार बजारमा भारी गिरावट देखिएको छ ।

आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा रोकिएको छ । २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.१९ अंकले घटेर ५०१.४५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बीमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ ।


क्लिकमान्डु