तपाईं मोबाइलमा कति समय बिताउनुहुन्छ ? यसो भन्छ अध्ययन



एजेन्सी । तपाईंमोबाइलमा कति समय बिताउनुहुन्छ ? यस प्रश्नको उत्तर खोज्न फरक फरक मानिसलाई सोध्यौ भने उत्तर पनि फरक फरक नै आउँछ ।

यस बारेमा एक अध्ययन भएको छ । अध्ययन अनुसार इण्डोनेसियाका मानिसले सबैभन्दा बढी मोबाइलमा बिताउने गरेको पाइएको छ ।

मोबाइल एपको बारेमा तुलनात्मक अध्ययन गर्ने कम्पनी एप एनीका अनुसार दैनिक औसतमा ५ घण्टा ५० मिनेटभन्दा बढी समय इण्डोनेसियामा मानिसहरु मोबाइलमा बिताउने गरेको पाइएको छ ।

दोस्रो नम्बरमा रहेका छन् ब्राजिलका मानिस । उनीहरुले ५ घण्टा ४० मिनेट बराबरको समय मोबाइलमा बिताउने गरेका छन् ।

दक्षिण कोरियाका मानिस ५ घण्टा मोबाइल फोनमा बिताउँछन् भने ४ घण्टा ४० मिनेटभन्दा बढी समय मोबाइल फोनमा बिताउनेमा भारत चौथो नम्बरमा रहेको छ । यस्तै ४ घण्टा ३५ मिनेटभन्दा बढी समय मोबाइलमा बिताउनेमा मेक्सिकोका रहेका छन् ।

अध्ययनअनुसार स्मार्टफोनमा रहेका विभिन्न एपहरुमा मानिसले के कति समय बिताउँछन् भन्ने आधारमा यो विवरण तयार पारिएको हो ।

विवरण अनुसार क्यानडाका मानिसले ४ घण्टा, रुस ४ घण्टा ३० मिनेट, अमेरिका ४ घण्टा २० मिनेट र टर्कीका मानिसले ४ घण्टा बढी समयमोबाइल फोनमा नै समय बिताउने गरेको पाइएको छ ।

त्यसमा सबैभन्दा बढी मोबाइल फोनमा विभिन्न गेम खेल्नेहरु समेत रहेका छनु । त्यसका अलावा फिनेटके वा क्रिप्टो एप समेत असाध्यै धेरै लोकप्रिय रहेको पाइएको छ ।

एनएनीले सन् २०२१ को तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको छ । त्यसमा भारतमा कुल एप डाउनलोड गर्नेहरुको मात्रामा २८ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

कूल रुपमा २४ हजार करोड भन्दा बढी पटक विभिन्न एपहरु डाउनलोड भइरहेको पाइएको छ । भारतमा गेमका लागि नै सबैभन्दा बढी डेटा खर्च भएको देखिन्छ । त्यसका लागि ठूलो बजार रहेको समेत त्यसबाट देखिन्छ । विवरणअनुसार प्रत्येक पाँचौ पटक मोबाइल गेम भारतमा डाउनलोड हुने गरेको छ । तुलनात्मक रुपमा दषिण एशियामा भारतले सस्तो डेटा बिक्री गर्ने गरेको छ ।


क्लिकमान्डु