तरलता अभावले ४५ लाख लगानीकर्ता प्रभावित भएः गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ प्रणालीमा तरलता अभावका कारण ४५ लाख सेयर लगानीकर्ता प्रभावित भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

तरलता अभावले उत्पादन र उपभोग घटाउने र सेयर बजारमा पनि असर पर्ने बताए । यसले ४५ लाख सेयर लगानिकर्ता समेत प्रभावित भएको उनको भनाइ छ ।

गोल्छाले पर्यटन साना तथा मझौला उद्योगमा असर परेको बताए । उनले हाल बैंकिङ प्रणालीमा २० अर्ब तरलता रहेको बताए ।

उनले तरलता संकट हुँदा शोधनान्तरमा असर पर्ने बताए । उनले यसले गर्दा अर्थतन्त्रमा ठूलो असर गर्ने र ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न सम्भव नहुने बताए ।

‘तरलताको अभावले बजार संकुचित हुन्छ । पर्यटन क्षेत्र, साना तथा मझौला व्यवसायिलाई समस्या हुन्छ,’ उनले भने ।


क्लिकमान्डु