घाँटी हेरेर हाड ननिल्दा बैंकिङ प्रणालीमा तरलताको समस्या भयोः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव हुन नदिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले तलरताको अभाव हुन नदिने बताए ।

उनले स्रोतबिनाको लगानी बढ्दा मिसम्याच भएको बताए । उनले बैंकिङ प्रणालीमा घाँटी हेरेर हाड ननिल्दा तरलताको समस्या आएको बताए ।

उनले लकडाउनपछि रिकभरीको स्पिड धेरै भएको र कर्जाको माग निकै बढेर जाँदा तरलता अभावको अवस्था आएको बताए ।

‘गत आवको यो अवधिमा कर्जा प्रवाह निकै कम थियो तर चालु आवमा कर्जा प्रवाह निकै बढेकाले तरलता अभाव भएको बताए । २०७७ को अवधिभरमा निक्षेप संकलन राम्रो भएको थियो । तर लकडाउन खुलेयता कर्जा प्रवाह निकै बढेकाले तरलता समस्या भएको हो,’ उनले भने ।

‘पहिला बैंकमा पैसा हुँदा बोलाएर ऋण दिए । ६ प्रतिशतमै दिन थालेका थिए । तर दीर्घकालीन रुपमा नसोच्दाको असर अहिले परेको हो,’ उनले भने ।

उनले गत आवमा मौद्रिक नीति ल्याउँदा कसरी व्यवसायीलाई व्यवसायमा फर्काउने, अर्थतन्त्रलाई कसरी रिकभर गर्ने भन्नेमा केन्द्रित रहेर व्यवसायको मनोबल बढाइएको बताए । उनले रिफाइनान्समा भएको सीमित स्रोतलाई ५ गुणा बनाइएको बताए । उनले तत्कालीन समयमा रिस्ट्रक्चर, रिसेड्युल तथा क्रेडिट इन्ह्यासमेन्ट गरिएको बताए ।

उनले स्रोतबिना ३ खर्ब लगानी गरेको देखिएको समेत बताए ।

पछिल्लो समयमा अर्थिक गतिविधि बढेको र त्यसको असर तरलतामा परेको उनको दाबी छ ।

उनले ७ खर्ब सरकारी सुरक्षण कोषमा रहेको जानकारी गराए । अहिले प्रणालीमा १७ अर्ब तरलता रहेको उनको दाबी छ ।

पहिला बैकमा पैस हुदा बोलाई बोलाई ऋण दिए । ६ प्रतिशतमा नै लैजान भने । दिर्धकालिन रुपमा नसोच्दा अहिले असर परेको उनको दाबि छ । पैसा भएन भने ऋण नपाउने र बोलाई बोलाई ऋण पाउने सम्भावना नभएपनि ऋण चै पाउने उनको दाबि छ ।

गभर्नर अधिकारीले शुरुमा डिपोजिट नहुनेले लगानी गर्न नपाउने अवस्था आउने देखेर आफ्नै पैसाको भएपनि लगानी गरुन भनेर सिडी लागू भएको जानकारी गराए ।

‘सिसिडीकै नीति राखेको भए कर्जा ५ खर्ब पुग्ने थियो । सिडीको नीतिका कारण समस्या आएको छैन,’ उनले भने, ‘ सिडी नीतिका कारण बैकिङ प्रणाली बलियो बनेको छ ।’


क्लिकमान्डु