सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार ३ सय रुपैयाँले घटेर ९१ हजार ७ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आइतबार ५ रुपैयाँ घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु