जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली पठाउने प्रक्रिया शुरु, न्यूनतम तलब ३०० डलर



काठमाडौं । सरकारले जोर्डनको गार्मेन्ट क्षेत्रमा नेपाली श्रमकि पठाउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार इजप्टिको कायरोस्थति नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको प्रक्रिया अघि बढाउन नर्दिेशन दएिको छ ।

परराष्ट्र मन्त्रालयले प्रतमहिना नेपाली कामदारले प्राप्त गर्ने तलब र अन्य सुवधिाबापतको रकम अमेरकिी डलर ३०० भन्दा घटी नहुने सुनश्चितिता भएको रोजगारदाता कम्पनीको ग्यारेन्टी पत्रसमेत अतरिक्ति कागजात भएमा मात्र मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएकाे छ ।

बिहीबारको परराष्ट्र मन्त्रस्तिरीयबाट उक्त प्रक्रिया शुरु भएको हो । कायरोस्थति दूतावासबाट मागपत्र प्रमाणीकरणको निर्णय भएको जानकारी परराष्ट्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ । यसअघि श्रम स्वीकृत लिएर जोर्डन गएका र हाल त्यहाँ कार्यरत नेपालीले प्रतमहिना तलब तथा अन्य सुवधिाबापत मासिक अमेरकिी डलर ३०० भन्दा बढी नै प्राप्त गररिहेका छन् ।

जोर्डनमा कार्यरत केही नेपाली श्रमकिले सरकारले तोकेको न्यूनतम पारश्रिमिक समेत नपाएको भन्दै कायरोस्थति दूतावासले मागपत्र प्रमाणीकरण गर्न छाडेको थियाे ।

मागपत्र प्रमाणीकरण रोकिँदा श्रम मन्त्रालयअन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रबाट तालीम लिका नेपाली जोर्डन जान सकेका थएिनन् ।

श्रम मन्त्रालयले जोर्डनमा नेपाली श्रमिकको माग बढेको, श्रमिक भर्ना प्रक्रिया मर्यादित रहेको र जोर्डन नेपाली श्रमकिका लागि सुरक्षित गन्तव्यका रुपमा रहेकाले मागपत्र प्रमाणीकरण गर्ने निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयललाई पत्र लेखेको थियाे ।


क्लिकमान्डु