मुक्तिनाथ विकास बैंकले १८.५० % लाभांश दिने, बोनस कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आव २०७७–०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १७.५७ र नगद करसहित ०.९२ प्रतिशत रहेको छ ।

यो प्रस्ताव राष्ट्र बैंक ले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु