महुली लघुवित्तले २६% लाभांश दिने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले कुल चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशतले हुन आउने रकम लाभांश बोनस सेयरका रुपमा वितरण गर्ने निणर्य गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सञ्चालक समितिले पाउनेछन् ।


क्लिकमान्डु