सातामा नेप्से परिसूचक २ सय अंकले बढ्यो



काठमाडौं । यो साता सेयर बजारमा करिब २ सय अंकको सुधार देखिएको छ । केही समय यता बजारमा निरन्तर उतार चढाव भएको थियो ।

यो साता भने बजारमा बढोत्तरी देखिएको छ । आइतबार २५८४.६२ बिन्दुमा रहेको बजार बिहीबारसम्म आईपुग्दा १९७.५ अंकले बढेर २७८२.१२ बिन्दुमा रोकिएको छ ।

आइतबार २५८४.६२ बिन्दुमा पुगेर बन्द भएको बजार सोमबार ८७.६३ अंकलेले बढेर २६७२.२५ बिन्दुमा रोकिएको थियो । यस्तै मंगलबार पनि बजार बढेको छ । उक्त दिन बजार ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा बन्द भएको थियो ।

नेप्सेका अनुसार बुधबार पनि बजार १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा रोकिएको थियो । यस्तै सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजार १२.९८ अंकले बढेर २७८२.१२ बिन्दुमा रोकिएको छ । यो साता लगानीकर्ताको लागि सेयर बजार सन्तोषजनक देखिएको छ ।

कुनको सब–इन्डेक्समा के देखियो सुधार ?

यो साता बैंकिङ समूहको उपसूचकमा सुधार देखिएको छ । आइतबार १८०५.८८ बिन्दुमा रहेको उपसूचक ८७.४२ अंकले बढेर १८९३.३० बिन्दुमा रोकिएको छ । यो साता बैंकिङ समूहको उपसूचक हरेक दिन बढेको थियो ।

यस्तै जलविद्युत समूहको उपसूचकमा पनि राम्रो प्रगति देखिएको छ । आइतबार २६५३.२८ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म आईपुग्दा ३६९.३३ अंकले बढेर ३०२२.६१ बिन्दुमा रोकिएको नेप्सेको तथ्याङकमा उल्लेख छ ।

यो साता विकास बैंक समूहको उपसूचकमा पनि निकै सुधार देखिएको छ । बजारमा देखिएको बढोत्तरीको प्रभाव विकास बैंक समूहको उपसूचकमा देखिएको छ ।

आइतबार ४६३३.५१ बिन्दुमा रहेको विकास बैंक समूहको उपसूचक ५३६.४९ अंकले बढेको छ । विकास बैंक समूहको उपसूचक ५३६.४९ अंकले बढेर ५१७० बिन्दुमा रोकिएको छ । आइतबार, सोमबार र मंगलबार लगातार बढेको उपसूचक बुधबार थोरै घटेपनि बिहीबार भने उल्लेख्य सुधार भएको छ ।

यो साता निर्जीबन बीमा समूहको उपसूचकमा पनि सुधार देखिएको छ । आइतबार ११ हजार ५२२.१६ बिन्दुमा रहेको निर्जीबन बीमा समूहको उपसूचक बिहीबारसम्म आइपुग्दा ९७०.२७ अंकले बढेर १२ हजार ४९२.४३ बिन्दुमा रोकिएको छ । निर्जीबन बीमा समूहको उपसूचकमा साताको हरेक कारोबार दिनमा सुधार देखिएको छ ।

यो साता जीवन बीमा समूहको उपसूचक १२६७.०५ अंकले बढेर १५ हजार ६८१.६५ बिन्दुमा पुगेको छ । आइतबार १४ हजार ४१४.६० बिन्दुमा रहेको उपसूचक सोमबार १४ हजार ९५१.६१ पुगेको थियो । मंगलबार बढेर १५ हजार घटेको हो ।

बिहीबारसम्म आइपुग्दा १५ हजार ६८१.६५ बिन्दुमा पुगेको हो ।

यो साता माइक्रोफाइनान्स समूहको उपसूचक पनि निकै बढेको छ । आइतबार ५ हजार १२८.२६ बिन्दुमा रहेको उपसूचक बिहीबारसम्म आइपुग्दा ३७७.६१ अंकले बढेको छ । यो साताको कारोबारमा हरेक दिन माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ ।

यो साता फाइनान्स कम्पनीको उपसूचक पनि २२५८.६२ अंकबाट ३३६.६८ अंकले बढेको छ । ३३६.६८ अंकले बढेर फाइनान्स समूहको उपसूचक २५९५.३० बिन्दुमा पुगेको छ ।


क्लिकमान्डु