दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको अन्तिम दिन बिहीबारको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंक बढेको छ ।

बिहीबार निकै उचारचढाबकाबीच बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो दिन बजार १३.०४ अंकले बढेर परिसूचक २७८२.१६ बिन्दुमा रोकिएको छ । यो दिन बजार बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने खुम्चिएको छ ।

२२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.९५, होटल तथा टुरिजम ३८.०४, टे«डिङ ९.६, उत्पादन तथा प्रशोधन ५१.४७, जीवन बीमा समूहको उपसूचक ८७.६८ अंकले घटेको छ । यस्तै विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, माइक्रोफाइनान्स समूहको उपसूचक १३०.४२ अंकले बढेको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ५२०.९८ बिन्दुमा रोकिएको छ ।

कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड १९ लाख ५ हजार ३१६ रुपैयाँको सेयर कारोबार भएको छ ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र जीवन विकास लघुवित्त रहेको छ । नबिल बैंकको २२ करोड ७५ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ भने जीवन विकासको १८ करोड ४४ लाख २ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु