विद्युत् महशुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्यः महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने निर्णयको स्वागत गरेको छ । कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ ।

विद्युत् डिमाण्ड शुल्क बृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई भेटी सुुझाव समेत दिइएको थियो ।

महासंघको सुुझाव अनुसारनै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको महासंघको भनाइ छ । यसका लागि महासंघ उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुुसाल, मन्त्रालयका अधिकारीहरु, विद्युत् नियमन आयोग, प्राधिकरण पदाधिकारीलाई महासंघले धन्यावद समेत दिएको छ ।

यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने महासंघको विश्वास छ ।

महासंघले प्रतिष्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत् महशुल न्यून गरी अन्य शुल्क समेत हटाउंदै जानुु पर्ने र उद्योगहरुलाई सहुुलियत दरमा विद्युत् उपलव्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएको थियो ।

विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिष्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने विश्वास महासंघको छ ।

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनासँग तत्काल पीपीए शुरु गर्न समेत महासंघले अनुरोध गरेको छ ।


क्लिकमान्डु