सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

बुधबार राति ज्वरो आएपछि उनी वीर अस्पतालमा भर्ना भएको अस्पतालका निमित्त प्रमुख भुपेन्द्र बस्नेतले जानकारी दिए ।

‘बुधबार राति ९ बजे अस्पतालमा भर्ना हुनु भएको हो, अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ । तर अझै ३ दिन अस्पतालमै बस्नुहुन्छ,’ बस्नेतले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार मन्त्री झाँक्रीलाई ज्वरो आएपनि कोभिड नेगेभिट देखिएको छ । झाँक्रीलाई मौसमी समस्याका कारण ज्वरो आएको उनको भनाइ छ ।


क्लिकमान्डु