बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा



काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाक्यले राजीनामा दिने बताइन् ।

विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन गर्न आज बसेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले राजीनमा दिएकी हुन् । विश्वासको मत प्राप्त हुन नसक्ने अवस्था आएपछि उनले राजीनमा दिएकी हुन् ।

उनले सम्बोधनका क्रममा आफूले मार्ग प्रशस्त गरेको भन्दै आगामी दिनमा मिलेर अघि बढ्ने पनि बताइन् । उनी गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।


क्लिकमान्डु