अब बुटवल र बर्दिवास डिशहोमको फाइबरनेट



काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।

कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल वेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण शुरु गरेको हो ।

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुनेछ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानीट्याङ्की, लालगढ सुनौलो बस्ती, लालगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो ।

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख सहरमा इन्टरनेट सेवा शुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा शुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै सहरहरूमा इन्टरनेट सेवा शुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीव्र बनाउने जानकारी दिएको छ ।

डिशहोमका स्थानीय डिलर तथा हटलाइन नम्बर ९८०१५४४००० मा फोन गरेर पनि इन्टरनेट जडान गर्न सकिन्छ । हाल ३०, ४०, ६० र १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको छ ।

त्यस्तै, कम्बो प्याकेजअन्तर्गत लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस गतिको इन्टरनेट र मासिक २३३ रुपियाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७ हजार २ सय रुपियाँ (मासिक ६ सय रुपियाँ)मा डिशहोम लाइफस्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । भने, वार्षिक १० हजार रुपियाँ (मासिक ८३३ रुपियाँ)मा डिशहोमको लाइफस्टाइल प्याकेज र २५ एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिन्छ ।


क्लिकमान्डु