शक्तिशाली चक्तवातका कारण हिमाल आरोहण रोक्न सिफारिस



काठमाडौं । अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘टाउकटे’ अझ विकसित हुने क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएकाले हिमाल आरोहण तत्कालका लागि रोक्न सिफारिस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । साथै यस अवधिमा उच्च शिमाली भूमागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध गरेको छ ।

यो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरुमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको विभागको भनाइ छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदुर पश्चिम, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले भनाइ छ ।


क्लिकमान्डु