अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का अनुसार हाल प्रतिबन्ध रहेको अन्तर्राष्ट्रिय उडानलाई कायम राख्दै जेठ १७ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।
तर एयर बबल सम्झौताअनुसार नेपाल र भारतबीचमा सातामा २ वटा उडान भने यथावत नै रहनेछन् ।
क्यानले विमान कम्पनीहरुलाई अर्को सूचना नभएसम्मका लागि टिकट बुकिङ नगर्न समेत आग्रह गरेका छ ।