२४ घण्टामा ९३ वटा आन्तरिक उडान, कुल १४४ मध्ये ४१ जनाको मेडिकल उद्धार



काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न गन्तव्यबाट ९३ वटा आन्तरिक उडान भएका छन् ।

विभिन्न वायुसेवा कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला र नेपालगञ्ज विमानस्थलबाट कुल १४४ जनाको उद्धार गरिएको छ । जसमध्ये ४१ जनाको मेडिकल उद्धार गरिएको हो ।

त्यसैगरी गृहमन्त्रालयका अनुसार आज देशभरका अन्तर्राष्ट्रिय सीमानाकाबाट जम्मा ३ हजार ८०१ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । उक्त संख्या सोमबारको तुलनामा ४१८ ले कमी हो । त्यसैगरी एक जना मात्रै विदेशी नागरिक नेपाल प्रवेश गरेका छन् ।

देशभरमा ३ हजार ११९ क्वारेन्टिन बेडसंख्याको प्रबन्ध गरिएकोमा २१५ बेड मात्रै प्रयोगमा भएको गृहमन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी होटल क्वारेन्टिनतर्फ ५०७ बेड बन्दोबन्त गरिएकोमा ३ वटा मात्रै बेड प्रयोग भएको अवस्था छ ।

गृहमन्त्रालयका अनुसार सोमबार क्वारेन्टिनको नियम पालना नगर्ने ६ जना उपर कारबाही तथा जरिवाना गरिएको थियो ।


क्लिकमान्डु