बहराइनको राजपरिवारको टोलीले चुम्यो सगरमाथा



काठमाडौं । बहराइनको राजपरिवारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।

सगरमाथा बेस क्याम्पसमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार मे ११ तारिख विहान ६ बजेर ४० मिनेट जाँदा टोली सगरमाथामा पुगेको हो ।

बहराइनको राजपरिवारका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि गएको थियो । योसँगै सगरमाथाको नयाँ उचाइ मापन भएपछि आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोली बनेको छ ।

उक्त टोली सगरमाथा आरोहणका लागि मार्च १५ मा नेपाल आएको थियो । यसअघि उक्त टिमले गत अक्टोबरमा लाबुचे र मनास्लु हिमालको सफल आरोहण गरिसकेको छ ।

टोलीको व्यवस्थापन सेभेन समिट ट्रेक्स कम्पनीले गरेको हो ।


क्लिकमान्डु