आन्तरिक र भारतसँगको हवाई उडान बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले आन्तरिक र भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीको जोखिम बढेको भन्दै आन्तरिक हवाई उडान र भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले क्लिकमाण्डूलाई जानकारी दिए।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २० गते रातिदेखि आन्तरिक उडान र वैशाख २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा अर्को सूचना नभएसम्म रोक लगाउने निर्णय गरेको उनले जानकारी दिइन ।
सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ भारत, दक्षिण अफ्रिका र ब्राजिलबाट हुने उडान रोक्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा लागू हुँदा निजी तथा सार्वजनिक सवारीसाधन बन्द भए पनि हवाई उडान यथावत नै थियो ।
यता भारतमा कोरोनाको संक्रमण उच्च तहमा पुगेकाले हवाई उडान बन्द गरिएको हो ।