अब ट्विटरबाट पनि पैसा कमाउन पाइने, थप्दैछ नयाँ फिचर



यदि तपाईं सामाजिक सञ्जाल ट्विटर सक्रियरुपमा प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । प्रयोगकर्ताहरुले अब इन्टाग्राम र युट्युवबाट जस्तै पैसा कमाउने सक्नेछन् ।

ट्विटरले हालै २ वटा नयाँ फिचर ल्याउने घोषणा गरेको छ । नयाँ फिचर अनुसार अब कम्पनीले प्रयोगकर्तालाई पैसा कमाउने मौका दिनेछ ।

अब प्रयोगकर्ताहरुले आफ्ना फलोअर्सलाई अतिरिक्त कन्टेन्ट देखाउन र ग्रुप पेजमार्फत् अतिरिक्त कन्टेन्ट बनाउन दिनेछ । ट्विटरमा छिट्टै सुपरफलोज फिचर थप हुनेछन् ।

जसमा प्रयोकर्ताले फलोअर्सलाई धेरै कन्टेन्ट देखाए वापत पैसा लिन सक्नेछन् । यसमा बोनस ट्विट, कम्युनिटी ग्रुपसम्म पहुँचका लागि न्यूज लेटरको मेम्बरसिप समेत सामेल छ ।

ट्विटरका अनुसार प्रयोगकर्ताले मासिक ४.९९ डलरसम्म आम्दानी गर्न सक्नेछन् । कन्टेन्ट उत्पादन गर्ने क्रियटरहरुलाई यो फिचर निकै फलदायी हुने अपेक्षा गरिएको छ ।

यसमा युट्युवले जस्तै ट्विटरले पनि आम्दानीको केही हिस्सा भने राख्नेछ । तर कम्पनीले हालसम्म कति मात्रामा हिस्सा राख्नेछ भन्ने खुलाएको छैन ।

नयाँ फिचरसँगै प्रयोगकर्ताले फलोअर्सहरुसँग प्रिमियम कन्टेन्ट देखाएवापत पैसा लिन पाउनेछन् । अब मोनिटाइज प्लेफर्ममा जस्तै कमाइ गर्न सक्नेछन् ।

तर यो सुविधा कहिलेदेखि शुरु हुन्छ भन्नेमा अझै घोषणा गरिएको छैन । नयाँ फिचरमा प्रयोगकर्ताले फेसबुकमा जस्तै ग्रुप बनाउन सक्नेछन् । प्राप्त जानकारी अनुसार ट्विटरले सन् २०२३ सम्ममा आफ्नो आम्दानीलाई दोब्बर बनाउने रणनीति लिएको छ । यसैका आधारमा नयाँ फिचर ल्याउन लागेको हो ।


क्लिकमान्डु