भेट्नो कुहिएर झरेका २ वटा फलहरुले रुखै मै हुँ भनेर दावी गर्ने ?: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्को समूह प्रचण्ड-माधवप्रति कडा टिप्पणी गरेका छन् ।
आज राजधानीमा आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै नट बोल्ट फुस्केको र भेट्नो कुहिएर झरेका फलसँग तुलना गरेका छन् ।
उनले खिला लागेका दुई वटा नल बोल्ट फेर्दा गाडी चल्न थालेको बताए । ‘हामीले फुस्काएको पनि होइन, आफू फुस्किएको हो । खिया लागेका दुई वटा बोल्ट आफै फुस्किए, बल्ल पार्टीले गति लियो ।’
उनले असली आफू भएको समेत दावी गरे ।
‘के यो बरमझियाको बुढाको पेडा पसल हो ? असली र नक्कली ? असली बुढो मै हुने भनेर हुन्छ ? उहाँहरुले अहिले पेरिसडाँडामा बसेर हामी नै असली हौं भन्नु भएछ । निर्वाचन आयोगमा पनि निवेदन हाल्नु भएछ । जसको घरको उ निवेदन हाल्न जान्छ । जसको जमिन उ मेरो जमिन हो भनेर जान्छ ? जसको गाडी हो त्यो निवेदन हाल्न जानु पर्छ । त्यसैले हामी निवेदन हाल्न गइराख्नु पर्दैन,’ उनले भने ।
उनले पुष्पकमल दाहाललाई अझै पनि अध्यक्षमा र माधव नेपाललाई वरिष्ठ नेतामै राखेको बताए ।
उनले प्रचण्ड र माधव समूहले भेला गरेको मान्छेलाई इंकित गर्दै भने, ‘ रत्नपार्कमा सीसीमा औषधि बेच्नेले पनि अलिअलि त मान्छे जम्मा गरिहाल्छ । सबैको औषधि बिक्री गर्ने उहाँहरु रत्नपार्कमा मान्छे भेला गर्दै बस्न थाल्नु भएको छ ।’