रेल्वे सुरक्षामा सशस्त्र प्रहरी बल खटाइने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय
काठमाडौं । सरकारले रेल्वेको सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई जिम्मा दिने निर्णय गरेको छ ।
पुस १५ गते बसेको मन्त्रिपरिषदको बैठकले गृहमन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै रेल्वेको सुरक्षामा सशस्त्र प्रहरी बललाई खटाउनेनिर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
त्यसैगरी सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाका लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियनअमेरिकी डलर ऋण सहायता स्वीकार निर्णय गरेको छ ।
आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकि डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायतास्वीकार गर्ने निर्णय गरेको हो ।
त्यसैगरी मन्त्रीपरिषद्को बैठकले कर्णाली क्षेत्रका केही जिल्लामा सञ्चालनमा रहेको बाल पोषण संरक्षण अनुदान कार्यक्रम रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुमपूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलबस्तु गरी ११ जिल्लामा थप गर्ने निर्णय पनि गरेकोछ ।
बैठकले सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेतगरेको छ ।
बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौ संशोधन) नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।
बैठकले संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिको निर्णय अनुमोदन गरेको पनि मन्त्री गुरुङले बताए ।