संसारभरका टेक कम्पनी किन सिंगापुर सर्दैछन् ? यी हुन् ५ कारण
काठमाडौं । यो समाचारको शीर्षकले नै तपाईंलाई जिज्ञासा उत्पन्न गरिदिन्छ । किनकी ती ५ कारण के होलान्, जसका कारण संसारभरका टेक कम्पनीहरु एक पछि अर्को गर्दै सिंगापुरमा सरिरहेका छन् ।
मानिसहरु सिंगापुरलाई काम गर्ने वातावरण भएको देशका लिन्छन् । सहज अन्तर्राष्ट्रिय पहुँच, गतिलो श्रम बजार तथा विज्ञान तथा प्रविधिको सहजताले पनि सो देशमा नै लगानी गर्न लगानीकर्ता लालायित भएका छन् ।
सिंगापुरमा आर्कषण बढाउने काम पछिल्लो समयमा चीन र अमेरिकाबीचको व्यापार युद्धले पनि काम गरेको छ ।
सिंगापुरको सहज नीतिका कारण पनि श्रम क्षेत्रलाई विश्वको सबैभन्दा सहज गन्तव्यका रुपमा परिचय दिएको छ ।
सिंगापुर एशियामा विश्वस्तरीय टेक्नोलोजी हबका रूपमा देखा परेको छ र यस क्षेत्रको बढ्दो बजारमा ती कम्पनीका लागि मनपर्दो र भरपर्दो गन्तव्यका रुपमा स्थापित भएको छ ।
सिंगापुरको आर्थिक विकास बोर्ड का अनुसार, विश्वका शीर्ष १०० प्रविधि फर्महरू मध्ये ८० वटाले शहरमा काम गरिरहेका छन् । अरु पनि आउन लालायित छन् । उनीहरू लगानी बढाउँदैछन् ।
सन् २०१७ मा ब्लूमबर्ग इनोवेशन इन्डेक्समा विश्वभरमा नै जापान र अमेरिकाभन्दा अगाडि सिंगापुर ६ नम्बरमा थियो । जबकि त्यतिबेला चीन २१ औं स्थानमा थियो ।
रियल स्टेटको क्षेत्रमा सल्लाह दिइरहेका जोन्स लांग लासलले गरेको अध्ययनमा सिंगापुरलाई चिनियाँ टेक जायन्टस अलिबाबा, बैदु र टेन्सेन्टका लागि शीर्ष विदेशी लगानी गन्तव्यको रूपमा राखेका छन । त्यस्तै, गुगल, अमेजन, फेसबुक जस्ता कम्पनीले पनि सिंगापुरमा क्षेत्रीय केन्द्रहरु स्थापना गरेका छन् ।
सिंगापुरको आकर्षण बढाउन व्यापार युद्धले बढ्दो भूमिका खेलिरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चिनियाँ उत्पादनहरुमा थप कर लगाउने घोषणा गरेपछि लगानीकर्ताले सहज गन्तव्य खोजे ।
चिनियाँ समानमा २०० बिलियन डलर बराबरको ट्यारिफ लगाउने घोषणा तथा दुबै देशबीच व्यापारमा देखिएको वैमनश्यता पनि प्रमुख कारक बनेर देखा परेको छ ।
चीनमा उत्पादन भएका र त्यहाँ उद्योग स्थापना गरेका कम्पनीले थप शुल्क नतिर्ने उपायका लागि चीनबाट बाहिरिनु नै उपयुक्त ठाने ।
सबैभन्दा तार्किक तरिका भनेकै उत्पादन कार्य चीनबाट र अमेरिकाबाट बाहिर सुरक्षित व्यापार समूह र पारिस्थितिक प्रणालीमा सार्नु भन्ने देखिन गयो । सोही कारण सिंगापुरका अग्रगामी नीति निर्माताहरू खुला हदयका साथ ती कम्पनीको स्वागतमा देखापरे ।
विभिन्न कारणहरुले सिंगापुरलाई नवीनता केन्द्र र क्षेत्रीय अपरेशनको हबको रूपमा स्थापित गरिदिएको छ ।
खुला र जोडिएको
सिंगापुर भौगोलिक रूपमा एशियाको केन्द्रमा अवस्थित छ । त्यहाँको पूर्वाधारले सहज रुपमा पूर्व र पश्चिम जोडेको छ । एक अध्ययन अनुसार चीनका शहरहरू सिंगापुरसँग सहजै जोडिएका छन् । यस्तै, न्यूयोर्क र सिड्नी पनि उसैगरी जोडिएको छ ।
। विशेष गरी पारदर्शी र सुसंगत कानूनको शासनलाई प्रश्रय दिइएको छ । त्यहाँका नीति निर्माताहरू बहुराष्ट्रिय व्यवसायहरू, एनजीओहरू र सरकारहरूको विश्वास कमाउन सफल भएका छन् । यो एउटा सद्गुण चक्र जस्तै बनेको छ ।
विशेष गरी सिंगापुरका सरकारी संस्थानहरूले खुला स्रोतबाट, परस्पर लाभदायक, सार्वजनिक निजी साझेदारीमा संलग्न रहेर काम गर्न राम्रो मान्छन् ।
सिंगापुरका नीति निर्माताहरूले नियमित रूपमा विदेशी फर्महरूलाई समस्या समाधान र क्षमता निर्माण अभ्यासमा भाग लिन समेत आमन्त्रण गर्ने गरेका छन् ।
सहज व्यापार सम्झौता
सिंगापुरको सानो बजार आकारको बावजुद, केवल ५ मिलियनको हाहारीमा मात्रै जनसंख्या छ । उसले २२ द्विपक्षीय र क्षेत्रीय सहज व्यापार सम्झौता गरेको छ र कार्यान्वयन पनि गरेको छ ।
युरोपियन युनियन र सिंगापुरबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । यस्तै अन्य बहुपक्षीय सम्झौता समेत गरेको छ । त्यसले डिजिटल ट्रड तथा प्लेटफर्मको विकास र विस्तारका लागि सहज मापदण्ड बनाइदिएको छ ।
यसले सिंगापुरलाई आधार बनाउँदा विश्वव्यापी रूपमा नै बजारको पहुँच विस्तार हुन्छ । जुन अमेरिका र चीनबीचको व्यापार युद्धमा समेत नराम्रो देखिदैन । यस्तै, सम्झौतामा योग्य हुनको लागि तोकिएका क्षेत्रीय मूल्य श्रृंखलाहरू सिंगापुरमा पनि सहज रहेको छ । त्यहाँ सशक्त आपूर्तिकर्ता नेटवर्कहरू छन् । रणनीतिक साझेदारहरू र सेवा प्रदायकहरूको ठूलो समूह पनि रहेको छ ।
डिजिटल व्यापार र तथ्यांक मैत्री
सन् २०१७ मा जारी गरिएको चीनको साइबर सुरक्षा ऐनले विदेशी फर्महरूलाई पनि स्थानीय सर्भरमा मात्रै डाटा भण्डारण गर्नुपर्ने व्यवस्था गरेको छ । यसले तथ्यांकलाई अन्य देशमा पठाउने तथा व्यवस्थापन गर्ने कामलाई रोकेको छ ।
अर्कोतर्फ, सिंगापुरमा त्यस्तो कुनै अवरोध छैन । त्यो व्यवस्था आसियानका अन्य देशमा समेत छ । सिंगापुर आसियान अष्ट्रेलिया डिजिटल ट्रेड फ्रेमवर्क इनिसिएटिभका कारण पनि बल पुगेको छ ।
जसको उद्देश्य औपचारिक कानूनी फ्रेमवर्क र विद्युतीय व्यापारका अन्य मानकहरूका लागि समेत सहज छ । त्यसमा पैसा, आईपी सुरक्षा र डाटा व्यवस्थापन पनि जोडिएर आउँछ ।
सिंगापुरको विद्यमान राष्ट्रिय व्यापार प्लेटफर्मले आयातकर्ताहरू, निर्यातकर्ताहरू, बैंकहरू, फर्महरू, भन्सार, शिपिंग एजेन्टहरू र अन्य सरोकारवालाहरू जोड्दै सबै एक पारदर्शी तवरले एक आपसमा जोडिएका छन् । जसले व्यवसायका लागि विश्वस्तरीय सहज सम्बन्ध स्थापना गरिदिएको छ ।
मानव पूंजी र प्रतिभामा जोड
सिंगापुरको सरकारले व्यापारको प्रवद्र्धन, खोज तथा नवप्रवर्तका लागि मात्रै सन् २०२० सम्ममा १९ बिलियन अमेरिकी डलर बराबरको खर्च गर्ने योजना बनाएको थियो । त्यसमा जनशक्तिको खोज तथा तयारीक विषय पनि समेटिएका थिए । यस्तै, सिंगापुरमा दक्ष तथा अर्धदक्ष श्रमिक उपलब्ध गराउनका लागि एउटा पुल समेत तयार पारिएको छ । जहाँबाट लगानीकर्ता तथा अन्य जो कोहीले पनि आफूलाई आवश्यक पर्ने जनशत्तिः लैजान सक्छन् र योग्य इन्जिनियरि, डिजिटल अर्थव्यवस्था र सेवाका क्षेत्रमा काम गर्ने कामदार तथा अन्य जुनसुकै क्षेत्रका कामदारका लागि पनि दिगो समाधानको सोच सहित सहयोगी नेटवर्क रहेको छ । ती मजबूत एवम सहयोगी नेटवर्कले सिंगापुरमा विश्वस्तरीय विश्वविद्यालयहरू, अग्रणी बहुराष्ट्रिय व्यापार र स्टार्टअपलाई समेत विस्तारित हुने मौका दिएको छ । त्यसमा विश्वभर नै नाम कमाएका कानूनी तथा लेखा सल्लाहकार र आइटी फर्मले सिंगापुरको व्यापारलाई अन्तृारुष्ट्रिय स्तरमा मौलाउने अवसर दिएको छ । अन्तर्राष्ट्रिय व्यापार समुदाय बनाउँछ र क्षमता निर्माणको लागि मार्ग प्रशस्त समेत गरेको छ ।
भौगोलिक रुपमा सुरक्षित ठाउँ
व्यापारिक युद्धका जोखिमहरू बाहेक यो अझ ठूलो विस्तृत वास्तविकता पनि त्यसमा रहेको छ । भू राजनीतिक प्रतिस्पर्धामा पनि सो मुलुक आफैमा प्रभावकारी क्षेत्रमा रहेको छ ।
बहुराष्ट्रिय कम्पनीहरूले बढि भन्दा बढी रणनीतिक स्थानको खोजी र चयन गर्छन् । त्यसले सिंगापुरलाई पश्चिमी नियमको फ्रेमवर्कमा आधारित रहेर निर्यात नियन्त्रण र इजाजतपत्र प्रोटोकलमा काम गर्न पनि सहज बनाइदिएको छ । विदेशी स्वामित्वका कम्पनीहरूले निर्यातका लागि समेत जल, थल र आकाश समेत सहज रहेको छ । त्यसकारण सिंगापुर अन्तर्राष्ट्रिय व्यापारका लागि सुगम गन्तव्य बन्दै आएको छ ।