मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर सञ्चालन



काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका-१६ बाटुलेचौर स्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापालले एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ः०० देखि साँझ ७ः०० बजेसम्म सञ्चालनमा आउने छ । उपचारको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न सकिने छ ।

काउण्टर सञ्चालन पश्चात् हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


क्लिकमान्डु