बैंकर अनिल शाहलाई कोरोना संक्रमण
काठमाडौं । नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले ट्विट गरेर जानकारी दिएका छन् ।
गन्ध थाहा नपाएपछि कोरोना परीक्षण गर्दा शुरुमा नेगेटिभ आएको र दोस्रो पटकको परीक्षणमा पोजिटिभ आएको उनले बताएका छन् ।