मेरी स्टोप्स् नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्स्द्वारा हिरोजको उपमा प्रदान



काठमाडौं । सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालकी लक्ष्मी रायमाझीले बिल गेट्स्द्वारा हिरोजको उपमा प्राप्त गरेकी छिन् ।

कोभिड–१९ को महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा’ दिइएको हो ।
बिल गेट्सको ब्लग गेट्स्नोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरूमा लक्ष्मी रायमाझी एक व्यक्तिका रुपमा परेकी हुन् । उनले नेपालको काभ्रेमा परिवार नियोजनका सेवाहरू प्रदान गरिरहेकी छिन् ।

गेट्स्नोट्स् (महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोज्हरूमा, मानवतावादी गेट्स्ले यस महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरिका असाधारण व्यक्तिहरूका बारे प्रकाश पारेका छन् । “मानवका रुपमा, निश्चय नै, हामी सबैजना हाम्रा शारीरिक शक्तिका हकमा निकै सिमित छौ। हामी उड्न सक्दैनौं । हामीले भित्ताको वारपार देख्न सक्दैनौं। तर हामीसँग सीमा नभएको कुरा भनेको अन्यायलाई देख्न सक्ने हाम्रो क्षमता र तिनमा काम गर्ने क्षमता हो (प्रायः जसले हामी आफैलाई ठूलो जोखिममा पार्दछ) ।”

को हुन् लक्ष्मी रायमाझी ? 

लक्ष्मी रायमाझी, जो दीर्घप्रभावी उल्ट्याउन सकिने निरोध (एलएआरसी) समूह काभ्रेकी भेटघाट गर्ने सेवा प्रदायक हुन् । जसलाई एक असाधारण पात्रका रुपमा प्रकाशमा ल्याइयो । उनी खतरनाक बाटोघाटो हुदै, घण्टौ हिडेर खोलानाला तर्दै र पहिरोलाई छिचोल्दै आफूले सेवा प्रदान गर्ने गाउँमा पुग्छिन्।् । यस महामारीले नेपालमा महिलाहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना ग¥यो । थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन जादैनन् । किनकि उनीहरू कोरोना भाइरसले संक्रमित पो हुइन्छ कि भनेर डराउछन्। यद्दपी, लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत छिन्।
“यदि मेरो प्रयत्नले, महिलेको स्वास्थ्य राम्रो हुन्छ, र हाम्रा समुदायहरूमा एउटा स्वस्थ प्रभाव पर्छ भने, म आभारी हुन्छु” उनले भनिन् । यस महामारीको अवधिमा, धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित रहेका थिए र यौन तथा प्रजनन्स्वास्थ्य सेवाहरूलाई सधै प्राथमिकताका रुपमा लिइएन ।

मेरी स्टोप्स् नेपाल
प्रजनन्स्वास्थ्यको उप–समूह (स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा, गैसस तथा प्रजनन्स्वास्थ्यमा काम गर्ने दातृ निकायहरू सम्मिलित) सँगको संयोजनमा यौन तथा प्रजनन्स्वास्थ्य वास्तवमै अत्यावशकीय सेवा हो भनेर पुष्टि गर्न र पैरवी गर्न सक्षम भए । मेरी स्टोप्स् नेपालले आफ्ना सबै सेवा प्रवाह बिन्दुहरूबाट महामारीकै अवधिमा यौन तथा प्रजनन्स्वास्थ्य सेवा प्रदान गर्न जारी राख्यो ।

सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपाल सन् १९७६ मा स्थापित मेरी स्टोप्स् अन्तरराष्ट्रियको एउटा अंश हो, जुन यौन र प्रजनन्स्वास्थ्य सेवा संस्थाहरूको एक वैश्विक साझेदारीे हो । सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपाल थुप्रै सेवा प्रवाह विन्दु मार्फत नेपालको जनसंख्या रहेको हरेक भागमा हरेक बच्चाको जन्म रहरले होस् भनेर सुनिश्चित गर्न कार्यरत छ । यो परियोजना युकेएडको आर्थिक सहयोग रहेको नेपाल परिवार नियोजन परियोजनाको भाग हो ।

जसले नेपालका सातैवटा प्रदेशभरि दुर्गम भेगका र वहिष्करणमा परेका महिलाहरूलाई समेत समेटी १५ लाख महिलाहरूको परिवार नियोजन सेवाहरूमा पहुँच अभिवृद्धि गर्नका लागि महिला र पुरुषलाई सेवा प्रदान गर्दछ । यस्ता किसिमका सेवाको प्रयोग कम भएका ठाउँमास जस्तै किशोरकिशोरीहरूका माझ र केही जनजातीका समूहहरूमा माँग वृद्धि गर्न पनि काम गर्दछ ।

विगतका ३ वर्षमा, यस परियोजनाले ६५ हजार महिलामध्ये ५५ किशोरकिशोरी (२० वर्षभन्दा कम उमेरका) हुन् । ती मध्ये ५ सय ७५ जसले २.५ डलरभन्दा कम खर्चमा दैनिक गुजारा चलाउछन् ।
परियोजनाले परिवार नियोजन सेवामा पहुँच विस्तार मात्र होइन कि गुणस्तरीय सेवा तथा ज्ञान व्यवस्थापनका लागि सायना प्रेस जस्ता विधि प्रयोग गरेर यसलाई अझ फराकिलो बनाएको छ । सन् २०२० मा यो परियोजनाको अन्त्य हुनेछ ।

सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपाल सन्१९९४ मा स्थापित भएको हो, र यसले संस्थाको ध्येयका लागि एउटा महत्वपूर्ण भूमिका खेल्न जारी राखेको छ । विगतका ६ वर्षमा झन्डै ७ लाख ७१ हजार ९ सय ७३ अनिच्छित गर्भहरू र करिब ५ लाख २६ हजार ४ सय ५९ असुरक्षित गर्भपतन रोकिए ।

केही वर्षको सुरक्षा (सिवाईपि) कुनै जोडीलाई एक वर्षका लागि गर्भ बस्नबाट रोकथाम गर्ने निरोध हो। सुनौलो परिवार नेपालरमेरी स्टोप्स्नेपालले जम्मा २,७०४,१९९ को संख्यामा लाभान्वितको सिर्जना ग¥यो । नेपालका थुप्रै महिलाहरू यस संस्थाका सेवाहरूबाट लाभान्वित भए, जसले उनीहरूलाई बच्चा पाउने कि नपाउने अथवा कहिले पाउने भन्ने चयन गर्ने शक्ति प्रदान ग¥यो ।


क्लिकमान्डु