वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु, ७५ सय स्थानमा वाईफाई दिने



काठमाडौं । वर्ल्ड लिंक र फेसबुकको सहकार्यमा नेपालमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको छ ।  कूल ७ हजार ५ सय स्थानमा वाईफाई दिने लिंकले फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु गरेको छ ।

बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलन मार्फत नेपालमा ७ हजार ५०० स्थानमा एक्सप्रेस वाईफाई सेवा दिने घोषणा गरेको हो । यस्तो वाईफाई सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुने छ ।

फेसबुकले यस्तो वाईफाई सेवाको लागि आवश्यक पूर्वाधार सेवा वर्ल्ड लिंकलाई उपलब्ध गराउने छ ।

यस्तो वाईफाई सेवा उपलब्ध गराउनको लागि मोबाइल नम्बर राखेपछि कोर्ड प्राप्त हुन्छ र त्यो रजिष्ट्रर गरेपछि वाईफाई सेवा प्रयोग गर्न सकिने छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले प्रयोगकर्तालाई हाई स्पीड इन्टरनेटका लागि एक्सप्रेस वाईफाईले सहयोग पुर्‍याउने बताए ।


क्लिकमान्डु