अन्तःशुल्क बुझाउनको लागि ब्राण्ड दर्ता अनिवार्य
काठमाडौं । आन्तरिक राजस्व विभागले अन्तःशुल्क विवरण बुझाउनको लागि अनिवार्य रुपले ब्राण्डको दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।
आन्तरिक राजस्व विभागले जारी गरेको प्रेस विज्ञप्ती अनुसार अन्तःशुल्क बुझाउनको लागि ब्राण्ड दर्ता अनिवार्य गरिएको हो ।
यसको लागि विभागको वेवसाइटमा गएर ट्याक्स पोर्टलमा एक्साइज मेनुमा गएर ब्राण्डको रजिष्ट्रर गर्नुपर्छ ।
सूर्तिजन्य तथा मदिराजन्य वाहेक अनय वस्तु उत्पादकले अन्तःशुल्क विवरण भर्दाको अवस्थामा यतारी वस्तुको विवरण एकै पटकका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।