सस्तो मूल्यमा अधिकतम फिचरसहित ६ हजार एमएच ब्याट्री भएको ‘हट ९ प्ले’ नेपाली बजारमा



काठमाडौं । नवीनतम प्रविधि भएको उपकरणहरू भित्राउने भनेर चिनिने प्रिमियम ब्राण्ड इन्फिनिक्सले बजारमा नयाँ भर्जनको मोबाइल फोन भित्राएको छ ।

कम्पनीले ल्याएको हट ९ प्ले मोबाइल फोनमा ६ हजार एमएच ब्याट्री छ भने डिस्प्ले ६.८२ इञ्च छ । हट ९ प्लेमा माइक्रो एसडी कार्ड स्लट, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज मेमोरी छ ।

मोबाइलको मूल्य नेपाली बजारमा १४ हजार ४९० रुपैयाँ तोकिएको छ । मोबाइल फोनको अर्को संकरणमा २ जीबी र्याम, ३२ जीबी स्टोरेज मेमोरी छ भने त्यसको मूल्य ११ हजार ४९० रुपैयाँ तोकिएको छ । हट ९ प्लेको मुख्य इ–कमर्स पार्टनर दराज अनलाइन हो ।

इन्फिनिक्सका लागि नवनियुक्त राष्ट्रिय वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले स्मार्टफोनको बिक्री वितरण पश्चात आवश्यक पर्ने सेवाहरूमा ध्यान दिने चासोका साथ यस स्मार्टफोनको नवीनतम संस्करणहरू बजारमा ल्याउन पाउँदा असाध्यै उत्साहित रहेको बताएको छ ।

इन्फिनिक्सको हट ९ प्लेमा ६.८२ इञ्च एचडी सिनेमाटिक डिस्प्ले जडान गरिएको छ भने यो मोबाइल फोनमा एन्ड्रोइड १० र एक्सओएस ६ मा सञ्चालित छ । अगाडि पट्टीको क्यामेरा १३ एमपीको को हो भने यसमा फ्ल्यास पनि छ । त्यसैगरी पछाडि पट्टीको क्यामेरा १३ एमपीको हो र यसमा ट्रिपल एइडी फ्ल्यास लाइट भएको एआई लेन्स समेत छ । यसको भ्वाइलेट, ओसन वेभ, क्विटजल साइन र मिडनाइट ब्लाक गरी चार वटा रंगहरूमा उपलब्ध छन् ।

हाई ग्राफिक डाउनलोड गर्न, धेरै भिडियो स्टोर गर्न र ब्याट्री सकिनेबारे चिन्ता नगरिकन मोबाइल फोन चलाउन इच्छुक रहने प्रयोगकर्ताहरूका लागि यो पूर्ण प्याकेज भएको कम्पनीको दाबी छ । नवीनतम डिजाइन र फिचरहरू भएको यस मोबाइल कम मूल्यमा उपलब्ध हुने फोनहरूको मार्केटमा अर्को फोन हो ।


क्लिकमान्डु