कोरोना असर: बैंकका कर्मचारीको बोनस १७.२७% ले घट्यो, कस्को कति ? (विवरणसहित)
काठमाडौं । कोरोना भाइरसको महामारीमा उच्च जोखिम मोलेर अहोरात्र काममा खटिने बैंकका कर्मचारीहरुले पाउँदै आएको बोनस अघिल्लो वर्षको तुलनामा गत वर्ष भने घटेको छ ।
वाणिज्य बैंकका कर्मचारीहरूले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल १० अर्ब ३६ करोड १७ लाख रूपैयाँ बोनस पाएकामा गत वर्ष भने घटेर ८ अर्बमा ५७ करोड १४ लाख रूपैयाँ मात्रै पाउने भएका छन् ।
बोनस ऐनअनुसार कुनै पनि रोजगारदाता प्रतिष्ठानले वार्षिक करपछिको खुद नाफाको १० प्रतिशत कर्मचारीलाई बोनस वितरण गर्नुपर्छ । सोही अनुसार बैंकहरुले बोनस वितरण गर्छन् । जसअनुसार बैंकहरूले गत आवको नाफाबाट कर्मचारीलाई ८ अर्ब ५७ करोड रूपैयाँ बोनस वापत छुट्याएका हुन् । यो रकम पुनः लेखापरीक्षण गर्दा हेरफेर हुनसक्छ ।
आर्थिक वर्ष ७६/७७ को नाफाबाट बैंकहरुको औसत लाभांश क्षमता ११.३२%, कस्को कति ?
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण व्यापार-व्यवसाय सुस्ताएपछि बैंकको नाफा संकुचन आएसँगै कर्मचारीले पाउने बोनस समेत घटेको हो ।
कोरोना कहरः वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले घट्यो, कस्को घट्यो कस्को बढ्यो ?
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा १२ प्रतिशत अर्थात् ७ अर्ब ६१ करोड रुपैयाँले घटेर ५५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ । खुद नाफा घटेसँगै बैंकहरुले कर्मचारीलाई वितरण गर्ने बोनससमेत घटेको हो ।
‘कोरोना संक्रमणले गर्दा अहिले पनि क्षेत्रगतरुपमा लकडाउन भइरहेको छ, जसले गर्दा आगामी दिन बैंकरहरुका लागि अझ चुनौतीपूर्ण छ, प्रायः बैंकहरुको कर्मचारी बोनश अहिले जति घटेको छ, त्योभन्दा बढी आगामी दिनमा घट्नसक्ने संकेत अहिले देखिन्छ,’ अध्यक्ष दाहालले भने ।
एकातिर बैंकहरुले लकडाउनमा व्यवसाय विस्तार सकेनन् भने अर्कातिर गत असार मसान्तसम्ममा उठ्नुपर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता र ब्याज उठ्न नसक्दा बैंकको नाफा घटेसँगै कर्मचारीको बोनस पनि घट्न गएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए
०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?
‘कोरोना संक्रमणले गर्दा अहिले पनि क्षेत्रगतरुपमा लकडाउन भइरहेको छ, जसले गर्दा आगामी दिन बैंकरहरुका लागि अझ चुनौतीपूर्ण छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘प्रायः बैंकहरुको कर्मचारी बोनस अहिले जति घटेको छ, त्योभन्दा बढी आगामी दिनमा घट्नसक्ने संकेत अहिले देखिन्छ ।’
कोरोनाको संक्रमण दिनहुँ बढिरहेकाले असोज मसान्तसम्म उठ्नुपर्ने किस्ता र ब्याज उठ्नसक्ने सम्भावना कम हुँदै गएको र रकम उठ्न नसक्दा प्रोभिजन बढ्ने देखिन्छ । यसरी प्रोभिजनिङ बढ्दा नाफामा झन् ठूलो असर पर्ने भएको छ ।
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले कर्मचारीलाई वितरण गर्ने बोनसको हकमा अघिल्लो वर्षको तुलनामा गत वर्ष घटाए पनि सेञ्चुरी बैंकले भने ४.४६ प्रतिशतले बोनसको रकम बढाएको छ । बैंकले अघिल्लो आवमा कर्मचारीलाई १३ करोड ८१ लाख रुपैयाँ बोनस वितरण गरेकोमा गत आवको नाफाबाट १४ करोड ४२ लाख रुपैयाँ कर्मचारीलाई बोनस रकम छुट्याएको छ । जुन ६१ लाख रुपैयाँले बढी रकम हो ।
२६ बैंकले घटाए कर्मचारीको बोनस, कस्को कतिले घट्यो ?
सिभिल बैंकः सिभिल बैंकले अघिल्लो आवमा १२ करोड ३१ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ७ कराेड १६ लाख रुपैयाँ बोनस वापत छुट्याएको हो । जुन अघिल्लो आवको तुलनामा ५ करोड १५ लाख रुपैयाँ अर्थात् ४१.८३ प्रतिशत कम हो ।
नेपाल एसबिआईः अघिल्लो आवको नाफाबाट एसबिआई बैंकले ३७ करोड रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई २४ करोड ६७ लाख रुपैयाँमात्र बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १२ करोड ३२ लाख रूपैयाँ अर्थात् ३३.३२ प्रतिशत कम हो ।
सिटिजन्स बैंकः सिटिजन्स बैंकले अघिल्लो आवको नाफाबाट कर्मचारीलाई २४ करोड ३६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले कर्मचारीलाई १७ करोड ५२ लाख रुपैयाँ बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २८.०७ प्रतिशत अर्थात् ६ करोड ८४ लाख रुपैयाँ कम हो ।
नेपाल बंगलादेश बैंकः अघिल्लो आवमा नेपाल बंगलादेश बैंकले २६ करोड २३ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट १९ करोड ५६ लाख रुपेयाँ मात्र बोनस वापत छुट्याएको छ । जुन आघिल्लो आवको तुलनामा २५.४२ प्रतिशत अर्थात् ६ करोड ६७ लाख रुपैयाँ कम हो ।
माछापुच्छ्रे बैंकः माछापुच्छ्रे बैंकले अघिल्लो आवमा बैंकले २७ करोड २० लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई २० करोड ५१ लाख रुपैयाँ बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २४.५९ प्रतिशत अर्थात् ६ करोड ६९ लाख रुपैयाँ कम हो ।
सानिमा बैंकः सानिमा बैंकले अघिल्लो आवमा नाफाबाट ३५ करोड ५६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवमा सानिमा बैंकले नाफाबाट कर्मचारीलाई २६ करोड ८७ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २४.४५ प्रतिशत अर्थात् ८ करोड ६९ लाख रुपैयाँ कम हो ।
बैंक अफ काठमाण्डू: अघिल्लो आवमा बैंक अफ काठमाण्डूले ३१ करोड १७ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । तर बैंकले गत आवको नाफाबाट बैंकले २३ करोड ६४ लाख रुपैयाँ मात्र कर्मचारीलाई बोनस वापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २४.१६ प्रतिशत अर्थात् ७ करोड ५३ लाख रुपैयाँ कम हो ।
प्रभु बैंकः प्रभु बैंकले अघिल्लो आवमा ३० करोड १० लाख रूपैयाँ बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई २२ करोड ९६ लाख रुपैयाँ बोनसवापत छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २३.६९ प्रतिशत अर्थात् ७ करोड १३ लाख रुपैयाँ कम हो ।
सनराइज बैंकः अघिल्लो आवमा सनराइज बैंकले कर्मचारीलाई २८ करोड ४३ लाख रुपैयाँ बोनस बाँडेको थियो । गत आवको नाफाबाट बैंकले कर्मचारी वोनसवापत २१ करोड ९१ लाख रुपैयाँमात्र छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २२.९२ प्रतिशत अर्थात् ६ करोड ५१ लाख रुपैयाँ कम हो ।
कृषि विकास बैंकः कृषि विकास बैंकले अघिल्लो आवमा बैंकले ६४ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ५० करोड ३५ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २१.९८ प्रतिशत अर्थात् १४ करोड २२ लाख रुपैयाँ कम हो ।
नेपाल इनभेष्टमेन्ट बैंकः अघिल्लो आवमा इन्भेष्मेन्ट बैंकले ५१ करोड ६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले कर्मचारीलाई ४० करोड ३६ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा २०.९५ प्रतिशत अर्थात् १० करोड ७० लाख रुपैयाँ कम हो ।
एनसीसी बैंकः एनसीसी बैंकले अघिल्लो आवमा २४ करोड रूपैयाँ बोसन बाँडेको थियो । तर बैंकले गत आवको नाफाबाट कर्मचारीलाई १९ करोड ३७ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १९.२६ प्रतिशत अर्थात् ४ करोड ६२ लाख रुपैयाँ कम हो ।
स्ट्याण्टर्ड चार्टर्ड बैंकः अघिल्लो आवमा स्ट्याण्टर्ड चार्टर्ड बैंकले कर्मचारीलाई ३८ करोड ६४ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ३१ करोड ४७ लाख रुपैयाँ कर्मचारीलाई बोनसवापत वितरण गर्ने भएको छ । जुन अघिल्लो आवको तुलनामा १८.५६ प्रतिशत अर्थात् ७ करोड १६ लाख रुपैयाँ कम हो ।
एभरेष्ट बैंकः एभरेष्ट बैंकले अघिल्लो आवमा बैंकले ४८ करोड ३५ लाख रुपैयाँ कर्मचारीलाई बोनश वितरण गरेको थियो । तर बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३९ करोड ६८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १७.९१ प्रतिशत अर्थात् ८ करोड ६६ लाख रूपैयाँ कम हो ।
नेपाल बैंकः नेपाल बैंकले अघिल्लो आवमा ५१ करोड ४२ लाख रूपैयाँ बोनस बाँडेको थियो । तर बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीलाई ४२ करोड ६९ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १७ प्रतिशत अर्थात् ८ करोड ७२ लाख रुपैयाँ कम हो ।
नबिल बैंकः अघिल्लो आवमा नबिल बैंकले कर्मचारीलाई ६७ करोड ७३ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ५६ करोड ६१ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १६.४१ प्रतिशत अर्थात् ११ करोड ११ लाख रुपैयाँ कम हो ।
हिमालयन बैंकः हिमालयन बैंकले अघिल्लो आवमा बैंकले ४५ करोड ८ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले कर्मचारीलाई ३८ करोड ८३ लाख रुपैयाँ बोनस छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत अर्थात् ६ करोड २५ लाख रूपैयाँ कम हो ।
मेगा बैंकः बैंकलेअघिल्लो आवमा कर्मचारीलाई २७ करोड २८ लाख रुपैयाँ बोनस बाँडेको थियो । तर बैंकले गत आवको नाफाबाट कर्मचारीको वोनसका लागि २३ करोड ९५ लाख रुपैयाँमात्र छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशत अर्थात् ३ करोड ३२ लाख रुपैयाँ कम हो ।
राष्ट्रिय वाणिज्य बैंकः अघिल्लो आवमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई ७८ करोड ७५ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ७० करोड ३४ लाख रुपैयाँ कर्मचारीलाई बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १०.६८ प्रतिशत अर्थात् ८ करोड ४१ लाख रुपैयाँ कम हो ।
कुमारी बैंकः कुमारी बैंकले अघिल्लो आवमा २१ करोड ५० लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई १९ करोड ७३ लाख रुपैयाँ बोनस छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ६.७५ प्रतिशत अर्थात् १ करोड ७७ लाख रूपैयाँ कम हो ।
एनआइसी एशिया बैंकः अघिल्लो आवमा एनआइसी एशिया बैंकले कर्मचारीलाई ५० करोड रुपैयाँ बोनश वितरण गरेको थियो । गत आवको नाफाबाट बैंकले ४९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई बोनशका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा १.५५ प्रतिशत अर्थात् ७७ लाख रुपैयाँ कम हो ।
ग्लोवल आइएमई बैंकः ग्लोवल आइएमई बैंकले गत आर्थिक वर्षमा जनता बैंकलाई मर्ज गरेको थियो । ग्लोवल बैंकले तत्कालीन जनता बैंकका कमर्चारीलाई सहित गरी कुल ७१ करोड ७ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ४८ करोड ३० लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ३२ प्रतिशत अर्थात् २२ करोड ७७ लाख रुपैयाँ कम हो ।
सिद्दार्थ बैंकः अघिल्लो आवमा सिद्दार्थ बैंकले कर्मचारीलाई ३७ करोड १ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३३ करोड ६२ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ०.०९ प्रतिशत अर्थात् ३ करोड ३८ लाख रूपैयाँ कम हो ।
प्राइम बैंकः प्राइम कमर्सियल बैंकले अघिल्लो आवमा ३६ करोड ३६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । गत आवको नाफाबाट कर्मचारीलाई ३६ करोड ३३ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ०.०८ प्रतिशत अर्थात् ३ लाख रूपैयाँ मात्रै कम हो ।
एनएमबि बैंकः अघिल्लो आवमा एनएमबि बैंकले कर्मचारीलाई ३६ करोड ४२ लाख रुपैयाँ बोनस वितरण गरेकोमा बैंकले गत आवको नाफाबाट कर्मचारीलाई ३३ करोड ३५ लाख रुपैयाँ बोनशका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ८.४२ प्रतिशत अर्थात् ३ करोड ७ लाख रूपैयाँ कम हो ।
लक्ष्मी बैंकः लक्ष्मी बैंकले अघिल्लो आवमा २५ करोड १ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेको थियो । बैंकले गत आवको नाफाबाट कर्मचारीलाई २३ करोड ४९ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्याएको छ । जुन अघिल्लो आवको तुलनामा ६.०६ प्रतिशत कम हो ।