नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणाः १५ % नगद, २.५ % बोनस सेयर



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

३ अर्ब ८ करोड २६ लाख चुक्ता पूँजी रहेको नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश ४६ करोड २३ लाख दिन लागेको हो । यस्तै कम्पनीले सेयरधनीलाई २.५ प्रतिशत बोनस सेयर अर्थात ७ करोड ७० दिन लागेको हो । २.५ प्रतिशत बोनस सेयरपछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब १५ करोड हुने छ ।

जीवन बीमा कम्पनीहरुले २०७५/७६ को लाभांश दिएका छैनन् । जसमा नेशनल लाइफ २०७५/७६ को लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ ।


क्लिकमान्डु