ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर दाङको घोराहीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङ जिल्लाको घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
सो एक्सटेन्सन काउण्टर मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले उद्घाटन गरेका हुन् । यससँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या ४० पुगेको छ ।
बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु जनाएको छ ।
हाल बैंकले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३४ एटिएम, ४० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।