अब ट्विट पनि एडिट गर्न पाइने, ट्विटरले ल्याउँदै छ यस्ता सुविधा



काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले कैयन सेवाहरु योजना ल्याउने भएको छ । यसका लागि कम्पनीले सर्वे समेत शुरु गरेको छ । जसमध्ये सबैभन्दा प्रमुख सेवा ट्विट सम्पादन (एडिट) पनि गर्नु हुनेछ ।

अर्थात् तपाईं कुनै पनि ट्विटमा भएको गल्ती सुधार गर्न सक्नुहुन्छ वा डिलिट पनि गर्न सक्नुहुनेछ । केही रिपोर्टका अनुसार ट्विटर एक अर्को ‘अन्डु सेन्ड’ नामक बटन पनि ल्याउने छ जसबाट एडिट गर्न पाइनेछ ।

साथै यसबाट तपाईंले धेरै शब्दका ट्विट पनि गर्न सक्नुहुन्छ भने हाइ क्वालिटी भिडियो पनि अपलोड गर्न पाउनु हुनेछ । तर यसका लागि भने पैसा तिर्नुपर्नेछ ।

ट्विटरमा पेड सब्सक्रिप्सनको तयारी
यो माइक्रो ब्लगिङ प्लेटफर्मले पछिल्लो महिना नै के संकेत दिएको थियो भने यो पेड सेवाका लागि केही नयाँ सेवा ल्याउँदै छ । यी कैयन सेवाहरु भविष्यमा अन्य टिमहरु पनि उपयोग गर्न सक्नेछन् ।

जानकारीका अनुसार कम्पनीले ग्राहकहरुमा यो सेवालाई लिएर सर्वे समेत शुरु गरेको छ । जसमा प्रोफाइलका लागि सपोर्ट, अटो रेस्पोन्स, अतिरिक्त सोसल लिसनिङ एालिटिकल तथा एडभरटाइजलाई लिएर ब्राण्ड सर्वे पनि चलाउन सकिनेछ ।

एडिट गर्न ३० सकेन्ड समय
ट्विटरले युजर्सहरुलाई एडिट वा डिलिट गर्नका लागि ३० सकेन्डको समय दिनेछ । यो ३० सेकेन्डसम्म अन्य व्यक्तिले ट्विट हेर्न पाउने छैनन् । युजर्सहरुले कैयन वर्षदेखि एडिट बटन हुनुपर्ने माग गर्दै आएका थिए । पैसा दिने प्रयोगकर्ताहरु धेरै फन्ट, ह्यासट्याग, आइकन तथा ब्याकग्राउण्डको थीम कलर छनोट समेत गर्न पाउनेछन् ।

पेड युजर्सले ५ गुणा ठूलो भिडियो अपलोड गर्न पाउनेछन्
पैसा तिरेर प्रयोग गर्ने युजर्सहरुले वर्तमान अवस्थामा अपलोड हुने भिडियोको तुलनामा ५ गुणा ठूलो भिडियो सहजै अपलोड गर्न पाउनेछन् । साथै मेनुमा भएको अटो रेस्पोन्स पनि सेट गर्न पाउनेछन् । साथै जब लिस्टिङ तथा अन्य कैयन फिचर्स पैसा तिरेपछि उपलब्ध हुनेछन् ।


क्लिकमान्डु