लक्ष्मी र सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । लक्ष्मी र सनराइजले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आर्थिक वर्षको शुरुवात मै बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
जसमध्ये लक्ष्मी बैंकले मुद्दति निक्षेपतर्फ सस्थागतका लागि ६.५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी निक्षेपतर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । बैंकले ११ प्रकारका निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
कर्जातर्फ बैंकको असार मसान्तसम्म कायम रहेको बेसरेट ९.२३ प्रतिशतमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । जसममा संस्थागत कर्जाका लागि बेसरेटमा ५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
साथै एसएमई, अटो लोन, शैक्षिक धितो, घर किन्न, कर्जामा १४.२३ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ भने व्यक्तिगत कर्जातर्फ बेसरेटमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
सनराइज बैंक
सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बचत खातातर्फ २.५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । त्यसैगरी विदेशी मुद्राको बचततर्फ १ प्रतिशतदेखि २ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी बैंकले फिक्स डिपोजिटमा व्यक्तितर्फ ३ महिनाका लागि ७ प्रतिशत, ३ महिनादेखि १ वर्षसम्म ७.२५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म ७.५० प्रतिशत र २ वर्षभन्दा माथिका लागि ७.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ ।
त्यसैगरी संस्थागततर्फ फिक्स डिपोजिटमा ३ महिनाका लागि ६.५० प्रतिशत र ३ महिनापछि नविकरण हुने गरी ६.६० प्रतिशत ब्याजदर कायम गरिएको छ ।