अर्थमन्त्री खतिवडाको नेकपा सांसद्लाई जवाफः मतदाता सन्तुष्ट हुने गरेर काम भएको छ



काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी २ वर्षभित्र मतदातालाई हामीले यो काम गर्यौ भनेर भन्न सक्ने स्थितीमा पुग्ने बताएका छन् ।

यो तीन वर्षमा हामीले के गर्यौ भनेर भन्दै गर्दै यो अवधिमा धेरै कुरा पुरा गरेको दाबी गरे । विभिन्न समस्याका बाबजुत पनि धेरै राम्रा काम भएको र त्यो कुरा आफ्ना जनतासँग ढुक्कसँग भन्ने स्थिती रहने दाबी गरे । उनले आगामी २ वर्षमा धेरै राम्रो काम भएको भन्न सक्ने आधार खडा हुने तर्क गरे ।

मन्त्री खतिवडाले गरिबी रोजगारी, पुर्वाधार निर्माण हेरेर जनताकोमा गएर हामी कहाँ पुग्यौ भन्न कुनै समस्या नभएको दाबी गरे । भएको कुरालाई स्वीकार्न आग्रह पनि गरेका छन् ।

कोरोनाको असरको कारण चैत, वैशाख, जेठमा भुक्तानी रोकेको जानकारी गराए । यसमा गत आव फागुनसम्मको केही दायित्व रहेको जानकारी गराए । असारमा कर उठेको, वैदेशिक सहायता पनि आएको कारण केही खुकुलो गरेको र असारमा भुक्तानी भएको बताए । आयोजनाहरुले समयमा नै दाबी नगर्ने, सोधभर्ना समयमा नै नलिने र असारमा मात्रै सोधभर्ना लिने गरेका कारण खर्च असारमा भएको देखिएको दाबी गरे । सोधभर्नामा ताकेता गर्न नसकेको कारण साउनसम्म पुग्ने गरेको दाबी गरे । कुल राजस्वको १५ प्रतिशत असारमा नै उठने गरेको भन्दै त्यो दायित्व हेरेर फरफारक गर्दै जाने भएकोले समय लागेको जानकारी गराए ।

नेकपाका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजीनामा, काम गर्न नसक्ने विज्ञ अर्थमन्त्री किन चाहियो ?

अर्थ मन्त्रालयले ८ खर्ब भन्दा बढी राजस्व उठाउने गरेको भन्दै यो मन्त्रालयलेको बेरुजु फस्र्योट बढनु सामान्य भएको बताए ।
‘धेरै लेखापरीक्षण भएको मन्त्रालयको बेरुजु धेरै नै हुन्छ’ उनले भने ‘प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्विकार्य तहमा नै छ ।’

महालेखापरीक्षकले यो उठाउनु पर्ने र यो उठेन भनेर भनेको तर्क गरे । त्यस्ता रकम उठाउन लागेको र वर्षभरिको तथ्याङक हेर्दा मन्त्रालयले राम्रैसँग फसेको रकम उठाउने गरेको तर्क गरे । बेरुजुलाई अंकमा हेर्नु भन्दा पनि प्रतिशतमा हेर्न सुझाव दिए ।

बेरुजु भनेको सबै अनियमितता, सबै भ्रष्टाचार भएको हो की भनेर नबुझ्न पनि आग्रह गरेका छन् ।

कतिपय प्रतिवेदन आवश्यक कागजात पुर्याउँदा समय लाग्ने जानकारी गराए ।

मन्त्री खतिवडाले ऐन अनुसार समयमा नै बजेट नआए, बजेटको रिपोर्ट नगरे लेखापरिक्षण नगर्ने स्थानीय तहको बजेटको निकाशा रोक्न सकिने जानकारी गराए । कतिपय अवस्थामा चौमासिक बजेट रोक्न सक्ने अवस्था रहेको बताए । साउन पहिलोसाता सम्म पनि बजेट पास नहुँदा विधि मिचिएको स्मरण गराए ।

रकमान्तर स्वभाविक प्रकृया भएको मन्त्री खतिवडाको तर्क छ । यो निश्चित सिमा र कानूनको अधिनमा रहेर गर्न सकिने दाबी गरे ।
स्रोत सुनिश्चित भएको आयोजनामा काम सकिने भयो भने रकमान्तर गर्न सकिने बताए ।


क्लिकमान्डु